कतारमा राजदूत ढकालको उपस्थितिमा नकआउट फुटबल खेल सम्पन्न

डिसी नेपाल
३१ असोज २०७९ ०:२४
72
Shares

दोहा । कतारमा Collection Football Club ले आयोजना गरेको नकआउट फुटबल खेल कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले फुटबल हस्तान्तरण गरी  सम्पन्न भएको छ ।

एनआरएनए कतारले समन्वय गरी नेपाली समुदाय भित्रका १६ टिमका खेलाडीहरूको सहभागीतामा डेढ महिनासम्म हरेक हप्ता शुक्रबार खेल हुनेगरी आयोजना गरेको नकआउट फुटबल खेलको शुक्रबार राती राजदूत ढकालले फुटबल हस्तान्तरण गरी  सम्पन्न भएको हो

एनआरएनए एनसीसी कतारका अध्यक्ष सुरेश भट्ट विशिष्ट र आयोजक क्लबका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा मिसाइद स्थित माईक स्पोर्टस खेल मैदानमा राजदूत ढकालले खेलाडीलाई फुटबल हस्तान्तरण गरी नेपाली दर्शकहरुको बाक्लो उपस्थितिका बीच सम्पन्न भएको छ ।

शुक्रबार राती भएको खेलको पूर्वसन्ध्यामा बंगलादेश र नेपालबीच फ्रेण्डसिप खेल भएको थियो। उक्त खेलमा बंगलादेशले नेपाललाई पेनाल्टीमा हराउँदै ‘फ्रेण्डशिप कप’ हात पारेको थियो । अन्तिम चरणको खेलमा आयोजक टिम Collection Football Club blue र UYFC बीच भएको फाइनल खेलमा आयोजक टिमलाई UYFC ले १ का विरुद्ध ३ गोल गर्दै प्रथम स्थान हाँसिल गर्‍यो।

विजयी टिम पहिलो र दोस्रो टिमलाई एनआरएनए कतारका अध्यक्ष लगायत पदाधिकारीहरुले मायाको चिनो आँखिझ्याल, सम्मानपत्र र शील्ड तथा नगद पुरस्कार वितरण गरेका थिए।

२० नोभेम्बर देखी १८ डिसेम्बरसम्म हुने विश्वकप फुटबललाई लक्षित गर्दै कतारमा श्रम गरिरहेका नेपालीले आफ्नो प्यासनलाई निरन्तरता दिदैँ २०११ मा collection football club (cfc) को स्थापना गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *