लाभांश पारित गर्न गुराँस लाइफ इन्स्याेरेन्सको साधारणसभा शुक्रबार बस्दै

डिसी नेपाल
३ कार्तिक २०७९ ९:५२
76
Shares

काठमाडौँ। गुराँस लाइफ इन्स्याेरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्‍ने भएको छ।

सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। युनियन लाइफ र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ।

सभामा आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०७७-७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ।

सभा प्रयोजनका लागि कम्पनीले २६ असोजमा बुक क्लोज गरिसकेको छ। २५ असोजसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.