२१ कात्तिकमा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड

डिसी नेपाल
१ कार्तिक २०७९ १०:३१
40
Shares

काठमाडौँ। क्वालिटी फिल्मस्ले आयोजना गर्न लागेको दोस्रो संस्करणको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आगामी २१ कातिकमा हुने भएको छ।

राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा हुने अवार्डका लागि आयोजकले गत भदौमा मनोनयन सार्वजनिक गरिसकेका छन्। यो अवार्ड असोजको पहिलो साता आयोजना गर्ने तयारीमा थियो । तर आयोजक नै डेंगीको संक्रमणमा परेपछि अवार्डलाई २१ कात्तिकमा पुर्‍याइएको हो।

फिल्मस्का अध्यक्ष उमेश गुरुङका अनुसार कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र उद्याेगलाई माथि उठाउन दुई वर्ष अघिबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आयोजना थालिएको हो। २०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट पाँचको मनोनयन निर्णयक समितिले यस अघि नै छनोट गरेर सार्वजनिक गरिसकेको छ।

गुरुङका अनुसार यसपटक विभिन्न ४० विधामा यो अवार्ड प्रदान गरिने भएको छ। चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ।

अवार्ड समारोहमा यसपटक दिका गुरुङलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ। तीन दशकभन्दा लामो समयदेखि ध्वानी सम्पादकको रुपमा सक्रिय रहेका कारण उनलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको पनि अध्यक्ष गुरुङले बताए। यस्तै यो वर्ष क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार राजधानी दैनिकका कला पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिने पनि उनले जानकारी गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *