सामाजिक सञ्जाल किन प्रयोग गर्दैनन् सैफ अलि खान ? यस्ताे रहेछ कारण
मुम्बई। बलिउडमा सेलिब्रेटीहरू आफ्नो व्यावसायिकदेखि निजी जीवनसँग जोडिएका कुराहरू सामाजिक सञ्जालमा अपडेट गरिरहन्छन्। उनीहरू आफ्नो प्रदर्शन हुन लागेको फिल्मको प्रचार पनि उत्तिकै गर्छन्।
बलिउडमा सैफ अलि खान, रणवीर कपुर जस्ता कलाकार सामाजिक सञ्जाल प्रयोगमा जोड दिँदैनन्। अर्थात् उनीहरू प्रयोग गर्दैनन् । सैफले हालैमात्र सामाजिक सञ्जाल प्रयोग नगर्नुको कारण खुलाए। सैफ सामाजिक सञ्जालमा झुटो कुरा बढी बोल्नुपर्ने भएकाले पनि आफूले कहिल्यै यसको प्रयोग नगरेको खुलाउँछन्।
‘मैले सामाजिक सञ्जालमार्फत फ्यानमाझ जोडिन प्रयास गरें, तर मैले एउटा पनि सही आइडी भेटिनँ। किनकि मेरो नामबाट पहिले कैयौं किसिमका एकाउन्ट बनिसकेका रहेछन्। सामाजिक सञ्जाल तनावपूर्ण स्थान हो। यहाँ धेरै झुटो कुरा बोल्नुपर्छ। सामाजिक सञ्जालमा अर्को व्यक्तिको तारिफ गर्न दबाब झेल्नु अर्को तनावपूर्ण काम हो’, उनले भनेका छन्।
सैफले हालै रिलिज फिल्म ‘विक्रम वेधा’मा आफ्नो अभिनयका लागि तारिफ पाएका थिए। फिल्ममा उनी प्रहरी अधिकृतको भूमिकामा थिए। कामको कुरा गर्दा सैफ आगामी वर्ष फिल्म ‘आदिपुरुष’मा प्रभासका साथ देखिँदैछन्। जहाँ उनले रावणको भूमिका निर्वाह गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment