अमिताभ बने वर्षकै व्यस्त अभिनेता

डिसी नेपाल
१ कार्तिक २०७९ ११:५१
168
Shares

मुम्बई। ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन्। अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए।

उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन्। यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगनभन्दा सर्वाधिक व्यस्त अभिनेता बनेका छन्। यो वर्ष यी फिल्ममा अमिताभ देखिए।

झुण्ड

अमिताभले यो वर्षको सुरुवात नगराज मन्जुलेको फिल्म ‘झुण्ड’ बाट गरे । यो फिल्म मार्चमा रिलिज भएको थियो। यो खेल बायोपिकलाई समीक्षकहरूले पनि मन पराएका थिए । यो फिल्मलाई वर्षकै शानदार फिल्मको श्रेणीमा राखिएको थियो।

रनवे २४

‘झुण्ड’ पछि अमिताभ अभिनेता अजय देवगनका साथ ‘रनवे २४’ मा देखिए। यो फिल्ममा उनले विमान दुर्घटना प्रमुख (एएआईबी)को भूमिका निभाएका थिए। फिल्मको सेकेन्ड हाफबाट उनले दमदार अभिनय प्रस्तुत गरेका थिए।

ब्रह्मास्त्रः पार्ट वन शिवा

अमिताभ अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्रः पार्ट वन शिवा’ मा पनि देखिए। यसबाहेक उनी आर बाल्कीको फिल्म ‘चुपः ए रिवेन्ज अफ आर्टिस्ट’मा केमियो भूमिकामा देखिए।

गुडबाय

अमिताभको अभिनय रहेको फिल्म ‘गुडबाय’ हालै रिलिज भयो। फिल्मबाट अमिताभले राम्रो तारिफ पाइरहेका छन् । उनी यसै वर्ष सुरज बडजात्याको फिल्म ‘उचाइ’ मा पनि व्यस्त भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *