३२ वर्षपछि ‘जमाई राजा’ को रिमेक
मुम्बई। बलिउडमा भलै रिमेक फिल्म फ्लप भए पनि निर्माताले रिमेक गर्ने कामलाई छोडेका छैनन्। यही क्रममा सन् १९९० मा रिलिज हिट फिल्म ‘जमाई राजा’ को पनि रिमेक हुँदैछ । अनिल कपूर र माधुरी दीक्षित स्टारर यो फिल्म ३२ वर्षपछि रिमेक हुन लागेको हो।
इन्टरटेनमेन्ट कम्पनी शेमारु र इन्डिया मिडिया इन्टरटेनमेन्ट नेटवर्क (आईएमईएन) ले यसको रिमेक गर्ने निर्णय लिएको हो। यो फिल्म यसअघि तेलुगुमा सन् १९८९ मा ‘अट्टाकु यामुदु अम्मायिकी मोगुदु’ नाममा निर्माण भएको थियो। जसमा चिरञ्जीवी र विजयाशान्तिको अभिनय थियो । फिल्मले सासू र ज्वाइँको विवादको कथा बोल्छ। फिल्म तमिल, हिन्दी र बङ्ला भाषामा पनि रिमेक भएको थियो । हरेक भाषामा फिल्म सुपरहिट भएको थियो।
शेमारुले नयाँ पुस्ताका दर्शकलाई लक्षित गर्दै कथामा केही परिवर्तन गरेर निर्माण गर्ने जनाएको छ। निर्माण कम्पनीले कुन कलाकार र निर्देशकलाई लिएर फिल्म रिमेक गर्ने भन्ने विषयमा केही जानकारी दिएको छैन। तर फिल्ममा नयाँ कलाकार र निर्देशक लिइने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment