विवाहअघि ‘लिभ इन रिलेसन’ मा सिद्धार्थ मल्होत्रा-कियारा आडवाणी

डिसी नेपाल
४ कार्तिक २०७९ १५:३९
1.5k
Shares

मुम्बई। बलिउडमा यतिबेला अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको अफेयरले राम्रै चर्चा पाइरहेको छ। निर्माता तथा निर्देश करण जोहारको शो ‘कफी विद करण’मा यो जोडी उपस्थित भएपछि उनीहरुको विवाहको विषयले थप चर्चा पाएको थियो।

केहीले उनीहरू सन् २०२३ मा विवाह गर्ने अनुमान लगाएका छन्। तर अहिले भने उनीहरू विवाहअघि नै ‘लिभ इन रिलेसन’मा बस्ने निर्णयमा पुगेका छन्।

सिद्धार्थ र कियाराले विवाहअघि एक घरमा एकसाथ बस्ने योजना बनाएका छन्। बलिउडमा कैयौं कलाकारहरू विवाह अघि आफ्नो जीवनसाथीबारे बुझ्न सँगै बस्ने गरेका छन्। त्यहीकारण सिद्धार्थ र कियाराले यो निर्णय लिएका हुन्। दुवैले एकअर्कालाई राम्ररी बुझेपछि मात्र विवाह गर्ने निचोडमा पुगेका छन्।

त्यसो त अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर पनि गत अप्रिलमा विवाह गर्नुअघि ‘लिभ इन रिलेसन’मा थिए। त्यसपछि मात्र उनीहले विवाह गर्ने निर्णय लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *