सलमानलाई डेंगु संक्रमण
मुम्बई। बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शो ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगु भएको छ। सलमानलाई डेंगु भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले सञ्चालन गर्नेछन्।
डेंगुले लामो समय अस्वस्थ बनाउने भएपछि सलमान केही समयका लागि आराम गर्नेछन्। करणलाई शोको होस्टको जिम्मेवारी दिने भनिए पनि करणको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन। तर निर्माताले भने करणले शो होस्ट गर्ने निश्चित भइसकेको दाबी गरेका छन्।
करणले यसअघि पनि यो शो होस्ट गरिसकेका छन्। त्यो समयमा यो शो टेलिभिजनमा नभई ओटीटीमा रिलिज भएको थियो। सन २०२१ मा पनि करणले यो शो होस्ट गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment