आगामी निर्वाचनमा काम गर्ने ‘महापुरूष’लाई जिताउन कलाकार आचार्यको अपील
काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यले आउँदो ४ मंसिरमा आफ्नो नीति निर्माणसँगै क्षेत्रको काम गर्ने महापुरूषहरू पठाउन अपिल गरेका छन् ।
शनिबार साँझ फिल्म ‘महापुरूष’ टिमले नयाँ बानेश्वरमा आयोजिना गरेको देउसी भैलो कार्यक्रममा उनले आम जनतासँग यस्तो अपिल गरेका हुन् ।
आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरूष’ टिमले आज संसद भवन अगाडी देउसी भैलो खेलेको थियो । कार्यक्रममा बाल्दै आयार्चले भने– ‘यो संसद् भवनमा हाम्रो भावना बुझ्ने महापुरूषहरूलाई पठाउने दायित्व तपाईंको छ । भावी पुस्तालाई समेत हुने महापुरूषहरू छान्नु होला । त्यो अगाडि तपाइलाई पूर्ण मनोरञ्जन दिन हामी फिल्म महापुरूष ११ कात्तिकमा ल्याउदै छौँ, ।’
आचार्यले जनताको भावनाको कदर गर्न नसक्नेहरू सकिँदै गइरहेको तर्कसमेत गरे । ‘हामीले नयाँ केही गर्न लाग्दा भगवानलाई पूजा गरेर चढाउने गरेका छौँ । अहिले महापुरूष पनि भगवानरुपी दर्शकसमक्ष ल्याउँदै छौँ । हामीले यसमा एउटा सन्देश पनि प्रवाह गर्न खोजेका छौँ । दर्शकले त्यसलाई अनुमोदन गर्नुहुनेछ भन्नेमा विश्वस्त छुु,’ उनले भने ।
देउसी भैलो कार्यक्रममा कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईलीसँगै निर्देशक प्रदीप भट्टराई र कलाकारसमेत रहेका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ उपस्थित थिए। टिमबाहेक कलाकार जीतु नेपाल, कृष्ण कँडेल, राजा राजेन्द्रलगायत उपस्थित थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment