मकवानपुरबाट ११ किलो गाँजासहित एक युवक पक्राउ

डिसी नेपाल
७ कार्तिक २०७९ १९:०५

काठमाडौं– मकवानपुर प्रहरीले अवैध लागूपदार्थसहित एक जनाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बाट ११ किलो ३९० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको टोलीले ना१ज २६२७ नम्बरको मोटरसाइल र त्यसका चालकलाई जाँच गर्ने क्रममा रोशनको झोलामा लुकाइ ल्याइएको गाँजा फेला परेको हो । गाँजा र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.