“नो नट एगेन” भन्दै निश्चल बस्नेतले आयोगलाई दिए फेसबक बन्द गरेर देखाउन चुनौती

डिसी नेपाल
९ कार्तिक २०७९ १५:४८
2.1k
Shares

काठमाडौं। निर्देशक तथा अभिनेता निश्चल बस्नेतले निर्वाचन आयोगलाई चुनौती दिएका छन् ।

उनले आयोगलाई आफ्नो फेसबुक बन्द गरेर देखाउन चुनौती दिएका हुन् ।

निर्वाचन आयोगले बुधबार सार्वजनीक सुचना निकाल्दै फेक फेसबुक पेज र ग्रुप हटाउन निर्देशन दिएको थियो ।  “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again”  नामक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन भएको भन्दै आयोगले हटाउन भनेको थियो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत तिन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव कुमार नेपाल र पुस्पकमल दाहाललाई आगामी निर्वाचनमा पराजीत गराउनुपर्ने भन्दै अभियाननै चलेको छ । उक्त अभियानलाई बस्नेत लगायतका अन्य कलाकारहरुले समेत साथ दिदै आएका छन् ।

अयोगको यस्तो निर्देशन पछि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘NO NOT AGAIN ,२०औं वर्ष सत्तामा बसेर , अहिले पनि हामी बनाउँछौं नेपाल भन्नेलाई भोट यत्रैपनी हालिन्न।
लु बन्द गर्नुहोस् मेरो पनि फेसबुक’

http://<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fnischalbasnet%2Fposts%2Fpfbid02GoRHVFPLQfdqeZ2cvkaTjZ74JK6TJVbUHM6z4vgyGP2QF22HNo8NeYaYzsFssgiKl&show_text=true&width=500″ width=”500″ height=”188″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.