बेफुर्सदिला भए काचा बादाम गायक भुवन
मुम्बई। गीत ‘काचा बादाम’ बाट रातारात स्टार बनेका गायक भुवन बादायकरलाई सबैले सम्झिएकै होलान्। उनलाई लोकप्रिय बनाउने काम अञ्जली अरोडाले गरिन्। किनकी भुवनकै गीतले अञ्जली पनि चर्चित बनेकी थिइन्।
यिनै भुवन आफ्ना फ्यानमाझ नयाँ एलबम लिएर कमव्याक गर्दैछन्। उनले आफू गायनमा सक्रिय हुनका लागि बदाम नबेच्ने निर्णय लिएका छन्।
भुवनलाई बदाम बेच्ने शैलीले चर्चित बनाएको थियो। बदाम बेच्ने काम र त्यही गीतले उनको आर्थिक स्तर माथि ल्याएको थियो। तर गत मेमा भएको कार दुर्घटनापछि उनी गुमनाम बनेका थिए । यद्यपि अलिहे उनी स्वस्थ छन् र एलबम रिलिजको तयारीमा छन्।
उनको एलबममा तीन गीत छन्। जुन गीत जीवनको यात्रामा आधारित छ। ‘मैले एलबमको नाम ‘अब म बदाम बेच्दिनँ’ राखेको छु। यो एलबममा म कसरी लोकप्रिय भएँ भन्ने कुरा समावेश गरिएको छ। मैले यो काम गर्न नचाहेको होइन, तर म सँग यो कामका लागि पर्याप्त समय छैन। म अब आफ्नै जीवन जिउन चाहन्छु’, उनले भनेका छन्।
भुवनका अनुसार उनको अहिले गाडी छ। उनी सोही गाडीमा घुमिरहन्छन्। भुवन अभी जात्रा नामको थिएटर ग्रुपसँग जोडिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment