आलोचनापछि पुनः सम्पादन गरिँदै आदिपुरुष
मुम्बई। अभिनेता प्रभासको आगामी फिल्म ‘आदिपुरुष’लाई लिएर जोकोहीको चासो छ। केही समयअघि यो फिल्मको टिजर रिलिज गरिएको थियो। टिजर रिलिज भएपछि नै यस फिल्मको आलोचना हुन सुरु भयो। फिल्मको टिजरमा अत्याधिक ट्रोलिङ भएपछि निर्माताले यसलाई सुधार गर्ने निर्णयमा पुगेका छन्।
सोहीकारण उनीहरुले सन् २०२३ को मकर संक्रान्तिमा रिलिज गर्ने पूर्व योजनालाई केही पर सार्ने भएका छन्। टिजरमा प्राप्त प्रतिक्रियाको मूल्यांकन गर्दै निर्माण पक्षले यसमा भएका कमी कमजोरीलाई सुधार्ने निर्णय लिएका छन्।
फिल्मको भीएसफएक्स र सीजी वर्कमा पुनः काम गर्नका लागि निर्माताले तयारी सुरु गरिसकेका छन्। जसका लागि प्रभास, कृति सेनन स्टार फिल्मका लागि ८० देखि १०० करोड रुपैंयाँ खर्च गर्ने योजना बनाएका छन्।
‘तान्हाजी’ फेम निर्देशक ओम राउतको यो फिल्मको टिजरमा अभिनेता सैफ अली खानलाई रावणको लुक्समा देखाइएपछि आलोचना भएको थियो। यतिमात्र होइन, फिल्ममा ‘रामायण’लाई गलत तरिकाले प्रस्तुत गरिएको आरोप पनि लागेको थियो।
टिजर सार्वजनिक भएपछि ‘रामायण’मा राम, सीता र लक्ष्मणको भूमिका निर्वाएका अरुण गोविल, दीपिका चिखलिया र सुनील लहरले पनि यसको आलोचना गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment