जवान देखिन प्लास्टिक सर्जरी गर्ने यी अभिनेता

डिसी नेपाल
२२ कार्तिक २०७९ १२:३०
660
Shares

मुम्बई। आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन्। यसका लागि मानिसहरू क्रिम र ब्युटी उपचारको सहारा लिन्छन्  यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ। तर बलिउडमा यस्ता केही अभिनेता छन्, जो आफूलाई हेन्डसम देखाउनका लागि प्लास्टिक सर्जरी गर्नसम्म पनि पछि परेका छैनन्।

आमिर खान

आमिर खानलाई मिस्टर पर्फेक्सनिस्ट त्यसै भनिएको होइन। उनी हरेक चिजमा आफ्नो पर्फेक्सन देखाउँछन्। बलिउडमा आफ्नो अभिनयको जादू देखाएका आमिर खान उमेरले ५७ वर्षका भए, तर उनी अहिले पनि जवान देखिन्छन्। आमिरले अनुहारको दाग र डन्डीफोर हटाउन कस्मेटिक सर्जरी गराएका थिए।

अक्षय कुमार

अक्षय कुमार बलिउडका फिट अभिनेतामा पर्दछन्। तर उमेर बढेसँगै उनको कपाल झर्न थालेको थियो। यसलाई रोक्न उनले हेयर ट्रान्सप्लान्टको सहारा लिए।

रणवीर कपूर

रणवीर कपूर हालै एक छोरीको पिता बने। आलिया भट्टका पति रणवीरले आलियासँग विवाह गर्नुअघि हेयर ट्रान्सप्लान्ट गरेका थिए।

सलमान खान

यो सूचीमा सलमान खानको नाममा पनि पर्छ। सलमानले हालसम्म विवाह गरेका छैनन्, तर आफूलाई जवान र हेन्डसम देखाउन कुनै कसर बाँकी राखेका छैनन्। सलमानले हेयर ट्रान्सप्लान्टसँगै बोटक्स र चिक फिलर्स पनि गराएका छन्।

शाहरुख खान

अभिनेता शाहरुख खानले हालै मात्र ५७औं जन्मदिन मनाए। उनी उमेरले बुढो भए पनि उनको अनुहारमा त्यो देखिएको छैन। शाहरुखले बोटक्स ट्रिटमेन्ट गराएका छन्। उनले जवान देखिनका लागि कैयौं इन्जेक्सन पनि लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.