टाइगरसँगको मनमुटावले रोकियो करणको स्क्रु ढिला

डिसी नेपाल
२३ कार्तिक २०७९ १०:२७
248
Shares

मुम्बई। बलिउड निर्माता तथा निर्देशक करण जोहारले अभिनेता टाइगर श्राफका साथ फिल्म ‘स्कू ढीला’को घोषणा गत जुलाईमा गरेका थिए। यो फिल्मको टिजर पनि सार्वजनिक भएको थियो। एक्सन फ्लेभरको फिल्म भनिएपछि टिजर सार्वजनिक भएपछि कुनै नयाँ अपडेट बाहिर आएन। अहिले यो फिल्मको निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको खबर बाहिर आएको छ।

समाचारअनुसार करण र टाइगरबीच पारिश्रमिकलाई लिएर सहमति जुट्न नसकेपछि फिल्मको काम रोकिएको हो। फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ पछि करणे टाइगरसँग एक फूल फ्लेज एक्सन फिल्म गर्ने चाहना राखेका थिए र त्यसका लािग ‘स्क्रु ढिला’को घोषणा गरेका थिए।

टाइगर यो फिल्मका लागि निकै उत्साहित थिए। त्यहीकारण करणसँग पारिश्रमिकको विषयमा टाइगरले कुरा गरेका थिएनन्। तर टाइगरको टिमको एक सदस्यबाट टाइगरले ३० करोड रुपैयाँ मागेको कुरा सुनेपछि करण चकित परेका थिए।

करणले टाइगरको टिमलाई महामारी र मन्दीका कारण कोही पनि निर्माता कलाकारलाई यति पारिश्रमिक दिन नसक्ने भन्दै फकाउन खोजेका थिए। तर पनि टाइगर आफ्नो अडानबाट पछि हटेनन्। अन्ततः करणले फिल्मको काम अनिश्चितकालका लागि रोक्ने निर्णय लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *