एकताको फिल्मबाट निकालिइन् दिशा

डिसी नेपाल
२४ कार्तिक २०७९ ९:५३
9.4k
Shares

काठमाडौँ। विगत ६ वर्षयता बलिउडमा अभिनेत्री दिशा पाटनीले औलामा गन्न लायक फिल्ममा अभिनय गरिन्। उनले ठूला व्यानरका फिल्ममा काम त गरिन्, तर आफूलाई पहिचान दिने खालको भूमिकामा अभिनय गर्न पाइनन्। अभिनेता टाइगर श्राफसँगको प्रेम र सामाजिक सञ्जालमा रंगीन उत्तेजक तस्वीर पोस्ट गरेर चर्चामा आइन्।

उनको पछिल्लो फिल्म ‘राधे’ र ‘एक भिलेन रिटर्नस’ बक्सअफिसमा कमजोर साबित भयो। हालका दिनमा हिन्दी फिल्मको बक्सअफिस कमजोर बन्दै गएको छ। बलिउडमा साउथको दबदबाले जोकोही बलिउडका कलाकार साउथमा भूमिकाको खोजीमा छन्। दिशाले पनि साउथमा एक–दुईवटा फिल्म पाएकी छन् । तर यो बहानामा उनले बलिउडको एक ठूलो फिल्म गुमाउनु परेको छ।

निर्माता एकता कपूरले उनलाई होम प्रोडक्सन फिल्म ‘केटिना’ बाट निकालेकी छन्। दिशाले सन् २०१९ मा फिल्मका लागि हस्ताक्षर गरेकी थिइन्। फिल्मको सुटिङ कोरोनाअघि नै सुरु भएको थियो। यो फिल्मका लागि दिशाले ८ दिनको सुटिङ गरेकी थिइन्। तर कोरोना सुरु भएपछि फिल्मको काम रोकियो।

लकडाउनपछि दिशा र निर्माताबीच केही कुरामा असहमति भयो र निर्माताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय लिइन्। एकताले यो फिल्मका लागि तारा सुतारिया र श्रद्धा कपूरसँग कुराकानी गरेकी छन्। यी दुवैले यसअघि पनि एकताको प्रोडक्सन हाउसको फिल्ममा काम गरिसकेकी छन्।

एकता निकट स्रोतका अनुसार दिशाले एकताको प्रोडक्सन हाउसलाई काम गर्नका लागि शर्त राखेपछि एकता रुष्ट बनेकी थिइन्। दिशाले क्रिएटिभ मामलाका अलावा अन्य विषयमा शर्त राखेकी थिइन्। लकडाउन खुलेपछि पनि विवाद बढ्दै गएपछि एकताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय लिइन्।

‘केटीना’ एकताको वास्तविक जीवनमा आधारित फिल्म हो। त्यहीकारण यो फिल्मसँग एकता हृदयबाट नै नजिक छिन्। यसका लागि उनी सबै कुरा उत्कृष्ट चाहन्छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *