अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर प्रकाशित गर्दै अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ६० पैसा र बिक्रीमा १३१ रुपैयाँ २० पैसा छ। बिहिबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ र बिक्रीमा १३० रुपैयाँ ६० पैसा रहेको थियो।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ १४ पैसा र बिक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ। युके पाउण्ड स्तिलिङ्ग एकको खरिदमा १४८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३६ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिदमा ८३ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८३ रुपैयाँ ९२ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ ०४ पैसा र बिक्रीमा ९३ रुपैयाँ ४७ पैसा तोकिएको छ।
त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ९६ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १८ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ९३ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा रहेको छ।







डिसी नेपाल







Facebook Comment