पिपुल्स हाइड्रोपावरको ५६ लाख ६ हजार ३९० कित्ता आइपिओ बिक्री खुला

डिसी नेपाल
२५ कार्तिक २०७९ ८:५७
112
Shares

काठमाडौँ। पिपुल्स हाइड्रोपावर कम्पनीको ५६ लाख ६ हजार ३९० कित्ता आइपिओ बिक्री खुल्ला भएको छ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५६ ल्रोद ६ लाख ३९ हजार रुपैयाँ बराबरको आइपिओ जारी गरेको हो।

यस आइपिओमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको छ।

कम्पनीले जारी गरेको आइपिओमध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ। बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक २९ गते र ढिलोमा मंसिर ९ गते बैंकिङ समयपछि हुनेछ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’बाट खरिद आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.