एकै दिन ७ अर्बले घट्यो निक्षेप संकलन, सीडी रेसियो बढ्यो
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ७ अर्बले घटेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २३ कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप रहेको छ। २२ कार्तिकसम्म बैंकहरूको निक्षेप ५१ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो।
यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ८ अर्बले घटेर ४५ खर्ब ४५ अर्ब पुगेको छ। २२ कार्तिकसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ५३ अर्ब रहेको थियो। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी पनि बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी १ अर्बले बढेर ४७ खर्ब ५८ र्बमा सिमित भएको छ। २२ कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४७ खर्ब ५७ अर्ब रुपैयाँ रहेको थियो। वाणिज्य बैंकहरूको कर्जा लगानी स्थिर रहेर ४२ खर्ब १४ अर्ब रुपैयाँ छ।
बैंकहरूको निक्षेप संकलन घट्दा सिडी रेसियो बढेको छ। बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.१३ प्रतिशतबाट बढेर ८७.१३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment