प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनमा दुःख प्रकट

डिसी नेपाल
२६ कार्तिक २०७९ १५:२६
264
Shares

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गरेका छन् । यही कात्तिक २३ गते निधन भएका उनको परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गैँडाकोटस्थित सापकोटा निवास पुगेका हुन् ।

नेपाली कांग्रेसको राजनीतिमा स्व। सापकोटाले पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्दै उनको निधनले समग्र पार्टीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री देउवाले बताए ।

सापकोटाद्वारा प्रकाशित पुस्तकमा नवलपरासीको गैँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटाको योगदान जति उल्लेखनीय छ, त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवर्दनका दृष्टिमा पनि अतुलनीय उनले सो पुस्तकमा लेखेको लेखमा चर्चा गरेका छन्।

सो अवसरमा कांग्रेसका नेता प्रा डा शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतको उपस्थिति थियो ।

गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटा राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाको अग्रणी व्यक्तित्व थिए । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिएका उनी नवलपरासीमा नेपाली कांग्रेसका अग्रज नेताका रूपमा चिनिन्थे । सापकोटा दम रोगबाट ग्रसित थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.