आइतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२७ कार्तिक २०७९ १०:४७
96
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार ३ सय  रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.