ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्ज हुने, स्वाप रेसियो कति ?

डिसी नेपाल
२७ कार्तिक २०७९ १४:३९
72
Shares

काठमाडौँ। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने भएका छन्।  यी दुवै बैंकले समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका हुन्।

मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो। अर्थात् बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए।

सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ। दुबै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए।

मर्जरपछि कुल चुक्तापुँजी रु ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.