थप नौ जनामा कोरोना संक्रमण

डिसी नेपाल
२८ कार्तिक २०७९ १५:३०
64
Shares

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २५ जनाको पिसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो।

संकलित नमूनामध्ये सात सय ७२ को पिसीआर र सात सय ५२ को एन्टीजेन विधिमार्फत परीक्षण गरिएको हो।

यस्तै, नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार पुगेको छ । यसमध्ये ९८.७ कोरोनामुक्त भएका छन्। कोरोनाबाट नेपालमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने अझै पनि चार सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.