निर्णायक खेलमा नेपालले टस जित्यो, फिल्डिङ गर्ने
काठमाडौँ। युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ।
आज नेपाल जितसहित जितसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ। सोमबारबाट सुरु भएको युएईविरुद्धको तीन एक दिवसीय शृंखला दुई खेलको समाप्तीमा १-१ को बराबरीको स्थितीमा रहेको छ।
पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन विकेटको जितसहित शृंखलामा १ -१ को बराबरी गरेको थियो।
नेपाल आज ब्याटिङमा सुधारिएको प्रदर्शनसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ। नेपालले डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नामिबियाको भ्रमण गर्दैछ । युएईविरुद्धको शृंखलालाई नेपालले सोही लिगको अभ्यास खेलको रुपमा लिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment