मोटर स्पोर्टस्का खेलाडीलाई नासाको सम्मान

डिसी नेपाल
२ मंसिर २०७९ १९:२१
12
Shares

काठमाडौ । मोटर स्पोर्टस्को अन्तर्राष्ट्रिय महासंघ (एफआइए) ले आयोजना गरेका विश्व मोटर स्पोर्टस् च्याम्पियनसिप–२०२२ मा नेपालबाट प्रतिस्पर्धा गरेका खेलाडी तथा टिम सदस्यलाई नेपाल अटोमोबाइल एसोसिएसन ९नासा० ले बिहीबार राजधानीमा एक कार्यक्रमका बीच ‘एथ्लेट्स् अवार्ड’ प्रदान गरेको छ ।

गत २६ अक्टोवरमा फ्रान्सको मार्सेली शहरमा सम्पन्न ओलम्पीक फर्मयाटको सो प्रतियोगीतामा नेपाल पहिलोपटक सहभागी भएको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा मोटर स्पोर्टस् खेलाडीहरु अनिलकुमार बराल,दिप्रश शाक्य र जिस्वान तुलाधर तथा खेल ब्यबस्थापनका तर्फबाट यदुराम लामीछाने र सिर्जना बराललाई अवार्ड तथा प्रमाणपत्रसहित सम्मान गरियो ।

विश्वमा ९० देशका एक हजार भन्दा बढी खेलाडी उपस्थित भएको सो खेलमा नेपालबाट सहभागी खेलाडीहरुले नेपालको झण्डा फहराउँदै मार्चपासमा गरेका थिए । मोटर स्पोर्टसका बिभिन्न १७ बिधामा प्रतिस्पर्धा भएको प्रतियोगीतामा टोली कप्तान अनिलकुमार बराल र खेलाडी जिस्वन अटो स्लालम बिधामा थिए भने अर्का खेलाडी दिप्रशले कार्टिङ बिधामा स्पर्धी थिए ।

भौतिक पूर्वाधार एवं प्रयाप्त प्रशिक्षणको अभावका बाबजुद पनि मोटर स्पोर्टस् मार्फत अन्तराष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गरेकोमा प्रोत्साहन स्वरुप खेलाडीहरुलाई सम्मान गरिएको नासाका अध्यक्ष दशरथ रिसालले जानकारी दिए । उनले बिश्वकप सरहको प्रतियोगीतामा प्रतिस्पर्धा गर्न पाउनु गौरवको बिषय भएको बताउदै खुशी ब्यक्त गरे । खेलाडी दिप्रशले पहिलोपटक भए पनि आफुहरुले स्तरिय प्रदर्शन गरेको बताउदै सम्बन्धित निकाय,सरोकारवाला र सबैको साथ भएमा आगामी दिनमा नेपालले यो खेलबाट पनि पदक भित्र्याउने बिश्वास ब्यक्त गरे । उनले च्याम्पियनसीपमा आफुहरुको प्रदर्शनको अन्य देशका खेलाडी तथा प्रशिक्षकले समेत तारिफ गरेको स्मरण गरे ।

मन्त्री श्रेष्ठले मोटर स्पोर्टस् खेल र खेलाडीको प्रशिक्षण,बिकास तथा सम्बद्र्धनमा सरकारले उचित सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा नासाका बरिष्ट सल्लाहकार तथा वल्र्ड काउन्सिलका सदस्य गोबिन्द भट्टराई,बरिष्ट पत्रकार टीकाराम यात्री,एथ्लेटिक्स कमिसनका प्रमुख उपेन्द्र प्याकुरेल तथा सचिव कृष्ण पौडेललेले मोटर स्पोर्टस्को बिकासका लागि सबै पक्षबाट चासो देखाउनु पर्ने बिचार राख्दै खेलाडीहरुलाई बधाइ तथा शुभकामना ब्यक्त गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *