एकै विज्ञापनमा मेसी र रोनाल्डो
काठमाडौँ। क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी पहिलो पटक एकै विज्ञापनमा देखिएका छन्। दुबै स्टार खेलाडी लुइस वुइटनको ‘लक्जरी’ कपडाको विज्ञापनमा देखिएका हुन् । रोनाल्डो र मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा चेस खेल्दै विज्ञापन गरेका छन्।
सदावहार को उत्कृष्ट भनेर मेसी र रोनाल्डोबीच चर्चा हुने गर्दछ। विज्ञापनमा भने पहिलो पटक दुबै खेलाडी चेकदार सुटकेसमा चेस खेलिरहेका छन् । यो खेल कस्ले जित्यो त्यो भने लेखिएको छैन। मेसीले लेखेका छन्,‘विजय मनको आस्था हो।’
दुबै खेलाडी हाल कतार विश्वकपका लागि दोहामा छन्। विश्वफुटबलको स्टार खेलाडी द्वयको लागि यो नै अन्तिम विश्वकप हुने मानिएको छ। मेसीले बालोन डि ओर सात पटक र रोनाल्डोले पाँच पटक बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment