डिसी नेपालमा प्रकाशित समाचारप्रति श्रममन्त्रीको सचिवालयको ध्यानाकर्षण

डिसी नेपाल
१९ मंसिर २०७९ २१:२३
1.4k
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का नेता तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर एमालेमा जाने तयारी शिर्षकको समाचार उनको सचिवालयले खण्डन गरेको छ।

श्रममन्त्री कुँवरको सचिवालयले सोमबार बेलुका एक विज्ञप्ति जारी गर्दै डिसी नेपालमा प्रकाशित  समाचार निराधार भएको भन्दै  उक्त समाचारको खण्डन गरेको हो।

डिसी नेपालमा सोमबार श्रममन्त्री तथा नेकपा(एस)बाट चुनाव जितेका सांसद शेरबहादुर कुँवर एमालेमा जाने तयारी शिर्षकमा समाचार प्रकाशित भएको थियो । प्रकाशित सोही समाचार मन्त्रीको सचिवालयले खण्डन गरेको हो ।

समाचारको खण्डन गर्दै प्रमुख स्वकिय सचिव विनोद धामीले  एकीकृत समाजवादीको नीति सिद्धान्त अनुरुप अघि बढेको जानकारी गराउँदै मन्त्री कुँवरलाई एमालेमा फर्कने कुनै रहर र तयारी नभएको समेत विज्ञप्तिमार्फत बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *