२२ वर्षपछि पाकिस्तानको हारपछि बाबर आजमले के भने ?

डिसी नेपाल
२० मंसिर २०७९ १२:४७
96
Shares

काठमाडौं । पाकिस्तानको टोली रावलपिंडी टेस्टमा इंग्ल्याण्डसँग ७४ रनले पराजित भएको छ । कप्तान बाबर आजमले २२ वर्षपछि इङ्ल्यान्डसँग टेष्टमा पाकिस्तानको पराजयपछि पिचबारे आफ्नो सुझाव लिइएको तर आफुले चाहेको पिच नपाएको बताएका छन् ।

इंग्ल्याण्डले पाकिस्तानलाई जितका लागि ३४३ रनको लक्ष्य दिएको थियो तर पुरै टोली २६८ रनमा आउट भएको थियो । रावलपिण्डीको यो पिच पहिलो दिनदेखि नै चर्चामा छ । पहिलो दिन इंग्ल्याण्डले ५ सयभन्दा बढी रन बनाएको थियो ।

त्यसपछि रमीज रजालगायत धेरै क्रिकेटरले यसको आलोचना गरेका थिए । यो पिचमा खेलेका पहिलो दुई इनिङ्समा सात ब्याट्सम्यानले शतक बनाएका थिए ।

यो पिचको बारेमा बाबर आजमको पीडा खेल पछि बाहिर निस्कियो जब उनले भने, “हो पिचको बारेमा मेरो इनपुट लिइएको थियो र हामीले के चाहन्छौं भनेर स्पष्ट रूपमा भनेका थियौं तर मौसम वा अन्य कुनै कारणले हामीले त्यो पाएनौं। तर हामी स्पिनरहरूको बल घुम्ने पिच चाहन्थ्यौं।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *