चीनको अर्थतन्त्रलाई ठूलो धक्का

डिसी नेपाल
२२ मंसिर २०७९ १४:३१
116
Shares

काठमाडौं । नोभेम्बर महिनामा चीनको आयात र निर्यातमा ठूलो गिरावट आएको छ । चीनमा कोरोना रोकथामका लागि लगाइएका प्रतिबन्धका बीच अर्थतन्त्रमा धक्का लागेको छ ।

देशमा कोरोनाको कडा प्रतिबन्धको विरोध पनि भइरहेको छ । यसअघि अक्टोबर महिनामा पनि चीनको आयात निर्यात सन् २०२० यताकै सबैभन्दा कम भएको थियो ।

चीनका केही सहरहरूले हालैका दिनहरूमा कोभिड प्रतिबन्धहरूलाई सहज बनाएका छन्, यसले पहिले नै देशको उत्पादन क्षेत्रमा असर पारेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार नोभेम्बरमा चीनको निर्यात अघिल्लो वर्षको तुलनामा ८.७ प्रतिशतले घटेको छ। त्यस्तै गत वर्षको तुलनामा आयातमा १०.६ प्रतिशतले कमी आएको छ ।

यससँगै चीनको व्यापार नाफा पनि अक्टोबरको ८५.१५ अर्ब डलरबाट नोभेम्बरमा ६९.८४ अर्ब डलरमा झरेको छ ।

सांघाई र वुहान जस्ता औद्योगिक सहरमा लकडाउनका कारण उत्पादन घटेको छ । यी चीनमा व्यापारको हिसाबले ठूला सहर मानिन्छन् । लगातार तीन महिनादेखि यी सहरका आर्थिक गतिविधि सुस्त छन् ।

कडाईका कारण चीनको अर्थतन्त्र पनि सुस्त भएको छ र आन्तरिक माग पनि घटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *