‘अमेरिका परमाणु युद्धको कारण बन्नेछ’

डिसी नेपाल
२२ मंसिर २०७९ १६:००
124
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको चेतावनी दिएका छन् । उनले विश्वमा आणविक युद्धको खतरा लगातार बढिरहेको बताएका छन् । तर रुस आफ्नो रक्षा गर्न हरेक तरिकामा सक्षम छ।

पुटिनको यो भनाइ यस्तो बेला आएको हो जब युरोपेली संघले रुसमाथि नयाँ प्रतिबन्ध लगाएको छ । यी नयाँ प्रतिबन्धहरूमा ड्रोन क्षेत्रमा प्रतिबन्धका साथै अन्य प्रविधिको प्रयोगमा प्रतिबन्ध पनि समावेश छ।

बुधवार मानव अधिकार परिषद्को बैठकमा पुटिनले उक्त कुरा बताएका हुन् । उनले विश्वलाई आणविक युद्धतर्फ लैजान अमेरिका र उसका सहयोगीहरूलाई दोष दिए ।

पुटिनले रुसले आफ्नो सिमाना र आफ्ना सहयोगीहरूलाई हरसम्भव रूपमा रक्षा गर्ने बताए। उनले रुस नभई अमेरिकाले अन्य देशमा रणनीतिक आणविक हतियारको आपूर्ति बढाएको बताए ।

रुस र युक्रेनबीच पुटिनको सेनाले आणविक हमलासँग सम्बन्धित युद्धाभ्यास गरेको छ । रुसको यो आक्रामक अडानपछि अमेरिकाले युरोपमा रणनीतिक आणविक बमको आपूर्ति बढाएको थियो ।

अमेरिकी सेनाले हाइपरसोनिक हतियारको परीक्षण गरेको थियो। अमेरिकाले धेरै आणविक हतियारहरू प्रमुख नेटो आधारहरूमा पठाउने निर्णय गरेको थियो। यी हतियारहरूमा बी ६१-१२ थर्मोन्यूक्लियर बमहरू पनि समावेश छन्।

यसअघि पुटिनले आफ्नो न्यूक्लियर डिटेरेन्ट फोर्सलाई अलर्टमा राखेका छन् । उनले आणविक हतियार प्रयोग गर्ने धम्की समेत दिएका छन् । रसियासँग विश्वमा सबैभन्दा धेरै आणविक हतियारहरू छन्।

तर अमेरिकी गुप्तचर एजेन्सी सीआईए प्रमुख विलियम बर्न्सले रुसलाई युक्रेन युद्धमा आणविक हतियार प्रयोग गरेमा रुसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *