१८ देखि २५ वर्ष उमेर समूहका युवाहरूका लागि नि:शुल्क कन्डम

डिसी नेपाल
२४ मंसिर २०७९ १०:१९
380
Shares

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युवाहरूको समूहलाई नयाँ वर्षको सुरुदेखि नै १८ देखि २५ वर्ष उमेर समूहका लागि औषधि पसलहरूमा कण्डम निःशुल्क उपलब्ध हुने बताए।

समाचार एजेन्सी रोयटर्सका अनुसार म्याक्रोनले पत्रकार सम्मेलनमा भने, “जनवरी १ बाट १८ देखि २५ वर्ष उमेरका सबै युवाहरूले फार्मेसी पसलहरूमा नि:शुल्क कण्डम पाउन सक्नेछन्।”

यौनजन्य रोग फैलिन नदिन र अनिच्छित गर्भधारण हुन नदिन यो कदम चालिएको सरकारको भनाइ छ ।

डाक्टर वा मिडवाइफको प्रिस्क्रिप्शनमा कण्डम खरिद गर्दा लाग्ने खर्च फिर्ता पाउने व्यवस्था देशमा पहिले नै छ ।

सोही वर्ष फ्रान्स सरकारले १८ देखि २५ वर्ष उमेरका सबै महिलालाई निःशुल्क गर्भनिरोधक सुविधा लागू गरेको थियो ।

फ्रान्सका स्वास्थ्य अधिकारीहरूले सन् २०२० र २०२१ मा देशमा यौनजन्य रोगहरू फैलिने दर ३० प्रतिशत रहेको अनुमान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *