बंगलादेशमा राजनीतिक द्वन्द्व चर्कियो, दुई ठूला विपक्षी नेता पक्राउ
काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्दै निस्किएको र्यालीअघि दुई प्रमुख विपक्षी नेतालाई हिरासतमा लिइएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार बंगलादेश नेसनलिस्ट पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र स्थायी समिति सदस्य मिर्जा अब्बासलाई पक्राउ गरिएको छ ।
बंगलादेशका पूर्व प्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीका प्रवक्ताले भने कि प्रहरीले पार्टीका शीर्ष नेता र ढाकाका पूर्व मेयर अब्बासलाई पनि पक्राउ गरेको छ। बीएनपीका प्रवक्ता जहीरुद्दीन स्वपनले भने कि सादा लुगामा आएका मानिसहरूले आलमगीरलाई ‘उच्च कमाण्डको आदेशमा’ उठाएको बताए।
खालिदा जियाको पार्टीले प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कार्यवाहक सरकारको तर्फबाट चुनाव गराउन माग गरिरहेको छ । अवामी लिगको शासनमा निर्वाचन भए धाँधली हुनसक्ने आशंका बिएनपीलाई छ ।
बंगलादेशमा अर्को आम निर्वाचन सन् २०२४ मा हुने भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment