बेलायतको आवासीय क्षेत्रमा विस्फोट, एकको मृत्यु

डिसी नेपाल
२५ मंसिर २०७९ ८:५६
132
Shares

लन्डन। जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएका प्रहरीले भनेको छ। आगो निभाइएको  तर आपतकालीन सेवाहरूले अझै पनि ‘महत्वपूर्ण काम’ गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ। प्रहरीका अनुसार  घटनास्थलमा एम्बुलेन्सको लाइन लागेको छ।

विहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले पत्रकारहरूलाई बताए । उनले भने, ‘तीन तले भवन छ जुन पूर्ण रूपमा भत्किएको छ । त्यहाँ नजिकैको भवनमा पनि क्षति पुगेको छ। अर्काे ब्लकमा फायर सर्भिसले सुरक्षित बनाउन आवश्यक छ।’

सामाजिक सञ्जालमा खिचिएका तस्बिरहरूले सेन्ट हेलियरको आगोको माथिबाट बिहानको समयमा बाक्लो धुवाँ निस्किरहेको देखाएको थियो। करिब एक दर्जन व्यक्तिहरू हराइरहेका स्मिथले बताए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *