ट्युनिसियाका जनतालाई खानेकुराको संकट, राजधानीमा व्यापक प्रदर्शन

डिसी नेपाल
२५ मंसिर २०७९ १२:५०
36
Shares

काठमाडौं । ट्युनिसियाको राजधानी ट्युनिसमा हजारौं मानिसले राष्ट्रपति काइस सैदविरुद्ध प्रदर्शन गरेका छन् । आन्दोलनकारीले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

ट्युनिसियामा एक सातापछि निर्वाचन हुँदैछ । राष्ट्रपतिले संवैधानिक परिमार्जन गरेका कारण यी निर्वाचन हुन लागेको हो । यी संवैधानिक परिवर्तनपछि देशको संसद कमजोर हुने राष्ट्रपतिका विपक्षीहरुको विश्वास छ ।

राष्ट्रपतिले गत वर्ष संसद विघटन गरे र त्यसयता अध्यादेशद्वारा शासन गर्दै आएका छन् । यो वर्ष संवैधानिक परिमार्जन गर्दै उनले राष्ट्रपतिलाई थप अधिकार हस्तान्तरण गरेका छन् ।

ट्युनिसियाका जनता निरन्तर खस्किँदै गएको आर्थिक अवस्था र राजनीतिक गतिरोधबाट पीडित छन् । ट्युनिसियामा पछिल्लो १२ महिनादेखि मुद्रास्फीति निरन्तर बढिरहेको छ । यो महिना मुद्रास्फीति दश प्रतिशतको नजिक पुगेको छ ।

ट्युनिसियामा बेकरीमा काम गर्ने हजारौं मानिस ज्याला नदिएको भन्दै हडतालमा छन् । बेकरीलाई सरकारले अनुदान दिन्छ जुन करिब एक वर्षदेखि दिइएको छैन ।

खानाको अभाव ट्युनिसियामा विरोध प्रदर्शन को एक महत्वपूर्ण कारण हो। ट्युनिसियामा खाद्यान्न अभावका कारण प्रदर्शन भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *