दुबइ गएको विमानभित्र सर्प भेटियो !

डिसी नेपाल
२५ मंसिर २०७९ १३:११
1.6k
Shares

काठमाडौं । शनिबार दुबई विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमानमा सर्प भेटिएपछि नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बी ७३७-८०० विमान केरलाको कालीकटबाट दुबई पुगेको थियो, जहाँ विमानको ब्यागेज क्षेत्रमा सर्प भेटिएको थियो । विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।

घटनाको जानकारी दिँदै डीजीसीएका एक वरिष्ठ अधिकारीले भने कि एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको थियो। उनले ग्राउण्ड ह्यान्डलिङका क्रममा भएको गल्तीको परिणाम भएको बताए । घटनाको छानबिन गरी आवश्यक कारबाही गरिनेछ ।

एयर इन्डिया एक्सप्रेसबाट यस घटनाको बारेमा कुनै जानकारी आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *