चीनमा बढ्दै कोभिड संक्रमण
बेइजिङ। चीनको राजधानी बेइजिङमा कोभिड संक्रमणका केसहरू बढ्दै गएका छन्। सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो।
सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिन मै २२ हजारभन्दा बढी बिरामीहरूले सहरका अस्पतालहरूमा गएको बेइजिङका अधिकारीहरूले बताएका छन्।
‘बेइजिङमा महामारीको द्रुत फैलावटको वर्तमान प्रवृत्ति अझै कायमै छ’ शहर स्वास्थ्य आयोगका प्रवक्ता ली आङले एक ब्रिफिंगमा भने। चीनले सोमबार एकै दिन ८ हजार ६२६ जनामा संक्रमण भएको रिपोर्ट गरेको छ। तर, धेरै जनसंख्याको लागि अब परीक्षण अनिवार्य नहुँदा संख्या धेरै बढी भएको विश्वास गरिन्छ।
देशले भाइरससँगै बाँच्नको लागि शून्य–कोविड नीतिबाट बाहिर निस्कने एउटा कठिन मार्गलाई अबलम्बन गरेसँगै लक्षणहरू भएका धेरै बिरामीले घरमै औषधि गर्ने छनौट गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment