सौर्य ऊर्जाबाट पोखरी गाउँमा विद्युत् सेवा
जुम्ला। जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ। स्थानीय मुनबहादुर रोकायाले विद्युत् सेवा नहुँदा जुम्लाका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य भएको उल्लेख गरे।
सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको रोकायाले बताए। उनले भने, “गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ। जम्मा गाउँमा ६० घरधुरी रहेका छन्। गाउँ नजिकै अर्को गोठीबस्ती छ। वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन्। गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पु¥याइएको छ ।”
सबै गरेर एक सय २० घरमा बिजुली बालिएको रोकायाले बताए। ५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्ब राखिएको छ।
एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन्। गाउँमा पोलपोलमा बिजुली बालिएको छ। जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ। टिभी र वाइफाइ चलाउनसमेत सजिलो भएको अर्का स्थानीयवासी तुलवीर रोकायाले बताए।
उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको छ। जसका लागि वडापालिकाले बजेट छुट्याइसकेको छ। गाउँमै कुटानी– पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने सो गाउँका स्थानीयवासी बताउँछन्।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तीन करोड ३४ लाख र ३० लाख तिला गाउँपालिकाको साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment