जाडोमा काँचो बेसारबाट बनेका यी ४ चिज खानुहोस्, बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

डिसी नेपाल
१ पुष २०७९ ११:३७
596
Shares
काठमाडौं । घरमा राखिएको बेसारको धुलोभन्दा काँचो बेसार बढी फाइदाजनक हुन्छ । यो स्वास्थ्यको दृष्टिकोणले पनि धेरै प्रभावकारी हुने गर्दछ । पकाएको बेसारको तुलनामा यसमा कर्क्युमिनको मात्रा बढी हुन्छ। यसमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यो वर्षौंदेखि प्रयोग हुँदै आएको एक किसिमको जडिबुटी पनि हो । कुनै पनि मिसावट नगरिएको र अप्रशोधित बेसारलाई औषधिको रुपमा प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा धेरै फाइदा पुर्याउने भएकाले पनि औषधि भन्ने गरिएको हो । बेसारको धुलो धेरै लाभदायक हुने प्रमाणित भइसकेको छ । तर कुनै पनि खाद्य पदार्थमा काँचो बेसारको प्रयोगलाई उत्तम मानिन्छ ।
काँचो बेसार प्रशोधित र प्याकेज गरिएकोमाभन्दा धेरै पोषिलो र प्रभावकारी मानिन्छ । काँचो बेसारलाई मुख्यतयाः जाडो याममा प्रयोग गर्दा अद्भूत स्वास्थ्यलाभ हुने विश्वास छ । काँचो बेसारलाई तातो पानी वा दूधमा अदुवा र दालचिनीको धुलोसँगै उमालेर खान सकिन्छ । यस्तै गुणले भरिपूर्ण शरीरका धेरै समस्याहरू कम गर्न सहयोगी हुने  काँचो बेसार खानुका फाइदा र  कसरी सेवन गर्ने यसबारेमा जानकारी दिनेछौं।
जाडोमा काँचो बेसारबाट बनेका यी ४ चिज खानुहोस्:
काँचो बेसार करी– काँचो बेसारको करी धेरैलाई मनपर्छ। वास्तवमा यसका लागि काँचो बेसारलाई घिउमा भुटेर बाँकी मसला मिसाएर तयार गरिन्छ । यो खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ। साथै हड्डीसँग सम्बन्धित कुनै समस्या हुँदैन ।
काँचो बेसारको हलवा– तपाईंले काँचो बेसारको हलवा खानु भएको छ ?। काँचो बेसारको हलवा बनाउनका लागि सबैभन्दा पहिलो काँचो बेसारलाई पिस्नुपर्छ । त्यसपछि यसमा ध्यु र गुड़मा पकाउने र त्यसमा ड्राई फ्रुट्सहरु पनि मिसाइन्छ। यो खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र ऊर्जा बढ्छ।
काँचो बेसार लड्डू– काँचो बेसारको लड्डू धेरै स्वादिष्ट हुन्छ। यो लड्डू बनाउन पहिले बेसारलाई पिसेर देसी घिउमा भुट्नु पर्छ । त्यसपछि यसमा खुवा र ड्राई फ्रुट मिसाएर बनाइन्छ। बालबालिकालाई यो लडु निकै मन पर्छ । यसले हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्छ र तिनीहरूको वृद्धिलाई बढावा दिन्छ। त्यसैले यदि तपाईंका बच्चाहरू कमजोर छन् भने तपाईंले उनीहरूका लागि काँचो बेसारको लड्डू बनाउन सक्नुहुन्छ।
काँचो बेसार रोटी– काँचो बेसारको रोटी स्वास्थ्यका लागि धेरै किसिमले फाइदाजनक हुन्छ । यसका लागि काँचो बेसारलाई पिसेर पिठोमा मिसाउने । त्यसपछि यो पीठोबाट रोटी र पराठा बनाउन सक्नुहुन्छ। यो मधुमेह, मुटु र पेटको समस्याबाट पीडित व्यक्तिहरूको लागि पनि लाभदायक छ। त्यसैले काँचो बेसार किनेर त्यसबाट यी चिज बनाएर सेवन गर्नुहोस् ।
बेसारमा हाम्रो शरीरलाई आवश्यक पर्ने क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलाम लगायतका तत्व प्रचुर मात्रामा पाइन्छ । एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाइ लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छ । मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.