पेरिसमा गोली चल्दा दुई जनाको मृत्यु, कैयौं घाइते
काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा एक बन्दुकधारीले खुलेआम गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । गोलीबारीको यो घटना पेरिसको कुर्द सांस्कृतिक केन्द्र नजिक भएको हो।
यो ठाउँ पेरिसको जिया दे लेसट रेलवे स्टेशनबाट टाढा छैन। घटनालगत्तै प्रहरीले संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । अभियुक्तको उमेर ६९ वर्ष रहेको बताइएको छ ।
प्रशासनले घटना भएको क्षेत्रमा नजान सर्वसाधारणलाई अपिल गरेको छ । “मानिसहरू यहाँ आतंकित छन्। हामीले आफूलाई घरमा थुनेका छौं,” एक महिला पसलेले एएफपी समाचार एजेन्सीलाई बताइन्।
उनले सात–आठ पटक गोली चलेको आवाज सुनेको बताइन् । प्रहरीका अनुसार आक्रमणमा प्रयोग भएको हतियार संदिग्ध व्यक्तिबाट प्रहरीले बरामद गरेको छ । एजेन्सीले हत्याको अनुसन्धान सुरु गरेको जनाएको छ ।
तर, शंकास्पद व्यक्तिले के कारणले यस्तो गरेको हो भन्ने खुल्न सकेको छैन । सांस्कृतिक केन्द्र नजिकै यस क्षेत्रमा धेरै रेस्टुरेन्ट र पसलहरू छन्।







डिसी नेपाल







Facebook Comment