इमरान खानकी पूर्वपत्नी रेहम खानले गरिन् तेस्रो विवाह
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती रेहम खानले विवाह गरेकी छन् । उनको यो तेस्रो विवाह हो । रेहम खानले आफूभन्दा १३ वर्ष कान्छा मोडल मिर्जा बिलालसँग विवाह गरेकी हुन् । मिर्जा बिलालको पनि यो तेस्रो विवाह हो ।
मिर्जा बिलाल एक अभिनेता र मोडेल हुन्। उनले पाकिस्तानी टिभी च्यानलहरूमा राजनीतिक कमेडी शोहरूमा पनि काम गरिसकेका छन्। रेहम र मिर्जाले अमेरिकाको सिएटलमा विवाह गरेका हुन् र त्यसको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेर मानिसहरूलाई जानकारी दिएका छन् ।
रेहमले ट्विटमा लेखेकी छन्, ‘जिन्दगी माया र समझदारीको नाम हो। लामो एक्लो संघर्ष पछि, मैले एक जना मानिसलाई भेटें जसले मलाई आफ्नो बौद्धिकता र इमानदारीले प्रभावित पारे। म त्यो व्यक्तिलाई विश्वास गर्न सक्छु। त्यो व्यक्ति मेरो कठिन समयमा मेरो साथ रह्यो।’
यो विवाहमा आफ्नो छोरा वकिल बनेको उनले बताइन् । विवाहमा मिर्जाका आमाबुवा पनि उपस्थित थिए । तर, उनीहरुको विवाहलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ । कतिपयले उनलाई बधाई दिइरहेका छन् भने कसैले गाली पनि गरिरहेका छन् ।
रेहम खानले सात वर्षअघि इमरान खानसँग सम्बन्धविच्छेद गरेकी थिइन् । उनले इमरान खानको पनि आलोचना गरेकी छिन् । उनको पहिलो विवाह एजाज रहमानसँग भएको थियो र रेहमका पनि तीन सन्तान छन्।







डिसी नेपाल







Facebook Comment