ताइवानका विषयमा अमेरिकाले बनाएको कानुनलाई लिएर चीन आक्रोशित
काठमाडौं । अमेरिकी रक्षा प्राधिकरण ऐनले ताइवानको सैन्य सहायतामा बृद्धि गरेकोमा चीनले शनिबार असन्तुष्टि व्यक्त गरेको छ । चीनले ताइवानलाई एक छुट्टिएको प्रान्त ठान्दछ र अन्ततः यो चिनियाँ नियन्त्रणमा आउने विश्वास गर्दछ। तर ताइवानले आफ्नो संविधान र निर्वाचित नेताहरूको सरकार भएको आफूलाई स्वतन्त्र देश ठान्दछ।
चीनले अमेरिकी कानूनप्रति “कडा असन्तुष्टि र दृढ विरोध” व्यक्त गरेको छ। चीनले यस कानून अन्तर्गत ८५८ बिलियन डलर सैन्य खर्च मध्ये १० बिलियन डलर ताइवानको सुरक्षा सहायता र द्रुत हतियार खरिदमा प्रयोग हुन सक्ने बताएको छ। चिनले भनेको छ “यसमा समावेश प्रावधानहरू ताइवानमा शान्ति र स्थिरताको लागि गम्भीर खतरा हो ।”
योसँगै ताइवानको रक्षा मन्त्रालयले अमेरिकी कानुनको लागि धन्यवाद दिएको छ । यसबाट ताइवानको सुरक्षा र दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्न अमेरिकाले कत्तिको महत्त्व दिएको छ भन्ने कुरा देखाएको मन्त्रालयले बताएको छ। ताइवानले यस ऐनका विवरणहरू अमेरिकासँग छलफल गर्नेछ।
दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिका ताइवानको सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समर्थक र हतियार आपूर्तिकर्ता हो। चीनले यसलाई अमेरिकी हस्तक्षेप मान्दै विरोध गर्दै आएको छ ।







डिसी नेपाल







Facebook Comment