राजकुमार ह्यारीकी पत्नीसँग द सनले यसकारण माग्यो माफी
लन्डन। द सन अखबारले राजकुमार ह्यारीकी पत्नी मेघनको बारेमा जेरेमी क्लार्कसनको स्तम्भ प्रकाशित गरेकोमा खेद व्यक्त गरेको छ। सो स्तम्भलाई लिएर पत्रिकाले ‘इमानदारीपूर्वक क्षमा’समेत मागेको छ। गत हप्ता क्लार्कसनले मेघनलाई ‘आधारभूत स्तरमा’ घृणा गरेको लेखेपछि प्रेस नियामकमा २० हजारभन्दा बढी उजुरी परेको थियो।
पछि उनले द सनको वेबसाइटबाट उक्त स्तम्भ हटाउन आग्रह गरे। उक्त लेख इन्डिपेन्डेन्ट प्रेस स्टयान्र्डड अर्गनाइजेसन (आइपीएसओ)को सबैभन्दा बढी गुनासो गरिएको लेख बनेको थियो। लेखलाई लिएर मंगबारसम्म २० हजार ८ सय गुनासा आएका थिए।
गुनासा बढेपछि लेखकले ‘भविष्यमा बढी साबधानी’ दर्शाउने बताएका थिए यसकासाथै पत्रिकाले लेखको सामग्री लेखकका नितान्त व्यक्तिगत विषय भएको बताएको थियो। १६ डिसेम्बरमा प्रकाशित क्लार्सनको स्तम्भ सामाजिक सञ्जालमा पनि व्यापक आलोचित भएका थियो।
लेखककी छोरी एमिलीले पनि आफ्नो बुबाको बिचारसँग आफू असहमत भएको बताएकी थिइन्। उनले गत हप्ता भनेकी थिइन्, ‘म यो स्पष्ट पार्न चाहन्छु कि म मेरो बुबाले मेघन मर्केलको बारेमा लेखेका सबै कुराको विरुद्धमा उभिन चाहन्छु।’







डिसी नेपाल







Facebook Comment