अफगानिस्तानमा महिलाहरूलाई एनजीओमा काम गर्न प्रतिबन्ध

डिसी नेपाल
१० पुष २०७९ ११:०५
28
Shares

काठमाडौं । अफगानिस्तानमा छात्राहरूको शिक्षाको ढोका बन्द गरेपछि तालिबानले अब महिलाहरूलाई गैर-सरकारी संस्थाहरूमा काम गर्न पनि प्रतिबन्ध लगाएको छ।

संयुक्त राष्ट्र संघले देशको तालिबान सरकारको यो निर्णयलाई आधारभूत अधिकारको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ।

यद्यपि, तालिबानले यो निर्णयलाई उचित ठहर गर्दै गैरसरकारी संस्थाका महिला कर्मचारीले हिजाब नलगाएर शरिया कानूनको उल्लंघन गरेको बताएको छ।

केही दिनअघि अफगानिस्तानमा युनिभर्सिटीमा महिलाहरूलाई जान प्रतिबन्ध लगाइएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि यो निर्णयको आलोचना गरेका छन् । उनले यो निर्णय अफगानिस्तानका जनताका लागि विनाशकारी हुने बताए ।

गैरसरकारी संस्थाहरूमा काम गर्ने धेरै महिलाहरू घरको एक मात्र कमाउने सदस्य हुन्। तिनीहरूमध्ये केहीले आफ्नो डर र असहायताबारे बीबीसीलाई बताए।

एउटी महिलाले भनिन्, “यदि म काममा गइनँ भने मेरो परिवारको हेरचाह कसले गर्ने?”

अर्की एक महिलाले यो समाचारलाई “चकित पार्ने” भनेर वर्णन गरिन् र आफूले तालिवानको कडा ड्रेस कोडको पालना गरेको जिद्दी गरिन्।

तेस्रो महिलाले तालिवानको “इस्लामिक नैतिकता”माथि प्रश्न उठाइन्। अब घर कसरी चलाउने र छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता उनको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *