द सनले पीआर स्टन्ट गरेको ह्यारी र मेघनका प्रवक्ताको आरोप
लन्डन। प्रिन्स ह्यारी र श्रीमती मेघनले शनिबार द सनलाई पीआर स्टन्टको आरोप लगाएका छन्। सर्वाधिक विवादित एउटा लेखमा ह्यारी दम्पत्तिको आलोचनापछि उनीहरुले पत्रिकाले स्टन्ट गरेको आरोप लगाएका हुन्। उक्त विषयलाई लिएर ब्रिटिश ट्याब्लोइडले क्षमा माग्नुका साथै दम्पतीको बारेमा धेरै आलोचना गरिएको स्तम्भ प्रकाशित गरेकोमा खेद समेत व्यक्त गरेको थियो।
गत हप्ता जर्मी क्लार्कसनले मेघनलाई ‘आधारभूत स्तरमा’ घृणा गरेको लेखेपछि प्रेस नियामकमा २० हजारभन्दा बढी उजुरी परेका थिए। स्तम्भकारको विचार आफ्नै रहेको भन्दै पत्रिकाले माफी मागेको थियो। तर, कटु आलोचनामा मेघनका प्रवक्ताले पत्रिकाले मेघनसमक्ष सीधा माफी माग्न सम्पर्क नगरेको भन्दै आलोचना गरे।
‘द सनले ससेक्सको डचेसलाई माफी माग्न सम्पर्क नगरेको तथ्यले उनीहरूको मनसाय देखाउँछ । यो पीआर स्टन्टभन्दा बढी केही होइन’, प्रवक्ताले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment