सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए
बेइजिङ–उत्तरपश्चिमी चीनको सिनजियाङ क्षेत्रमा रहेको एउटा सुन खानी पुरिँदा १८ जना मजुदर फसेका छन्। फसेका मजुदरहरूको उद्धारका लागि उद्धारकर्ता परिचालन गरिएको छ।
शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए। खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए।
२२ जना खानी कामदारको उद्धार गरिएको र अन्य १८ जना खानीभित्र फसेका प्राप्त विवरणहरूमा जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment