सूर्य थापाले भने- गैर कम्युनिष्ट सरकार बनाउने कसरत असफल
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाए पार्टीमा ‘नोट अफ डिसेन्ट’ लेख्ने बताउँदै आएका सूर्य थापाले प्रचण्ड लयमा फर्किएकाले सहमति भएकाे बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रचण्ड लयमा फर्किएर बालकोट पुगेपछि सहमति भइ गैर कम्युनिष्ट सरकार बनाउने कसरत असफल भएको बताएका हुन् ।
प्रचण्डले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेको तस्बिर र एमाले अध्यक्ष केपी ओलीसँगै बालकोटमा खिचाएको तस्बिरसहित प्रचण्ड लयमा फर्किएकाले वाम सरकार बनेको उल्लेख गरेका छन् ।
थापाले लेखेका छन्,‘गैर कम्युनिस्ट सरकार बनाउने कसरत असफल प्रचण्ड लयमा फर्किएर बालकोट पुगेपछि सहमति ।’
उनले माओवादीसँग सहकार्य गर्न नहुने मत सार्वजनिक रुपमा राख्दै आएका थिए । थापाले गएको मंसिर २९ गते बुटवलमा आयोजित नेकपा एमाले रुपन्देही–प्यूठान सम्पर्क मञ्चको बधाइ तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग एमालेले माओवादीसँग सहकार्य गरे पार्टीमा नोट अफ डिसेन्ट लेख्ने बताएका थिए ।
थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्युठानबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।







डिसी नेपाल








Facebook Comment