हिमआँधीले अमेरिकी जनजीविन कष्टकर, ३० जनाको मृत्यु

डिसी नेपाल
११ पुष २०७९ ७:००
160
Shares

न्युयोर्क। अमेरिकामा हिम आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन्।

हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन्। हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न्।

चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन्।

८ राज्यहरूमा मौसम-सम्बन्धित घटनामा २६ जनाको जनाको मृत्यु भएको पुष्टि भएको छ, केही अमेरिकी मिडियाले ३० जना भन्दाको मृत्यु भएको जनाएका छन्।

आँधीसँग सम्बन्धित घटनामा कोलोराडोमा चार जना र पश्चिमी न्युयोर्कमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। हिमआँधीका कारण बफेलो सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरुले जनाएका छन्। बरफ र हिउले सडक, पुल, घर तथा बाहिर पाकर्किङ गरेर राखेका घर ढाकेका छन्।

केही दशकयताकै सबैभन्दा ठूलो आँधीका कारण अमेरिकामा आइतबार मात्र १७ सय उडान रद्द भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *