विश्व ‘शान्तिको अनिकाल’बाट ग्रस्तः पोप

डिसी नेपाल
११ पुष २०७९ ८:३८
60
Shares

भ्याटिकन सिटी। क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले भ्याटिकनबाट आफ्नो वार्षिक क्रिसमस डेको अवसरमा दिएको सन्देशमा विश्व ‘शान्तिको अनिकाल’बाट ग्रस्त भएको बताएका छन्। उनले युक्रेनमा अर्थहीन युद्धको अन्त्यको लागि आह्वान गरे। युक्रेनले विश्वको गहुँको लगभग ३०% ढुवानी गरेको छ र फेब्रुवरीमा रुसी आक्रमणपछि मूल्य बढेको छ।

पोप फ्रान्सिसले पोपको पद ग्रहण गरेदेखि यो १०औँ क्रिसमस डेको सम्बोधन थियो। उनले मध्यपूर्व, म्यानमार, हाइटी र अफ्रिकाको साहेल क्षेत्रमा द्वन्द्व र मानवीय संकटको चर्चा गरे।

सेन्ट पिटर स्क्वायरलाई हेरेर बासिलिकाको बालकनीबाट बोल्दै ८६ वर्षीय पोपले युद्धको मानवीय मूल्यमा शोक व्यक्त गरे। उनले “दिनहुँ ठूलो मात्रामा खाना खेर जाँदा र हतियारमा खर्च भइरहेको बेला भोकै बस्ने“ लाई नबिर्सन आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *