‘ट्रम्प सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने’
न्युयोर्क। अमेरिकी क्यापिटलमा गत वर्षको आक्रमणको अनुसन्धान गर्ने सांसदहरूले डोनाल्ड ट्रम्पले विद्रोहलाई उक्साएपछि फेरि सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने एक अन्तिम रिपोर्टमा निष्कर्ष निकालेका छन्।
आक्रमणको छानबिन गर्ने संसदीय समितिले यसअघि नै पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ। विद्रोहलाई उक्साउने, आधिकारिक कार्यबाहीमा अवरोध पुर्याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ।
ट्रम्पले भने सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’ लगाएको दाबी गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment