विश्विद्यालयमा महिलामाथि प्रतिबन्धः पुरुष विद्यार्थीले गरे कक्षा बहिस्कार
काबुल। तालिबानले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएपछि, देशका पुरुष विद्यार्थीहरूले महिलाहरूको लागि उच्च शिक्षा निलम्बनको निन्दा गर्दै आफ्नो कक्षा बहिष्कार गरेका छन्।
छात्राका लागि पनि विश्वविद्यालय खुला नभएसम्म कक्षामा उपस्थित हुन पुरुष विद्यार्थीले कडा विरोध गरेका छन्।
‘हामी हाम्रो बहिष्कार जारी राख्नेछौं र यदि महिला कक्षाहरू पुनः खोलिएन भने, हामी हाम्रा पाठहरू पनि बहिष्कार गर्नेछौं र शिक्षालाई निरन्तरता दिनेछैनौं’, विद्यार्थी मुजामेलले भने।
‘हाम्रा दिदीबहिनीका लागि विश्वविद्यालयहरू बन्द छन्। हामी पनि विश्वविद्यालय जान चाहँदैनौं’, अर्का विद्यार्थी नविदुल्लाहले भने।
यसबाहेक, काबुल विश्वविद्यालयका धेरै लेक्चररहरूले पनि तालिबानलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आह्वान गरेका छन् । शैक्षिक संस्थानहरू बन्द गर्नु दुर्भाग्यपूर्ण भएको टोलो समाचारले जनाएको छ।
‘हामी इस्लामिक इमिरेट्सलाई हाम्रा दिदीबहिनीहरूका लागि विश्वविद्यालयहरू फेरि खोल्न आग्रह गर्छौं’ लेक्चरर तौफिकउल्लाहले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment